१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीरबाट खसेर मृत्यु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका १० साँगास्थित मुसी गणेश मन्दिर नजिकै खोल्सामा शुक्रबार एकजना मृत्यु अवस्थामा भेटिएको छ ।
झापा धौलाढुवा ९ लकडी गड्डी टोल घर भई हालः सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने अन्दाजी वर्ष ३८ को पुरुष फागु सुडु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बिहान सवा दस बजे स्थानीयबाट प्राप्त जानकारी अनुसार प्रहरी पुग्दा सुडु मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट सिनियर प्रहरी अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले बताए ।
भीरबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले जनाए । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको उनले जनाए ।

प्रकाशित: १५ मंसिर २०७४ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App