१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महाकवि देवकोटाको जयन्ती

काठमाडौँ –महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रम आयोजना गरेर मनाइयो । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी साहित्यकारलाई सम्मान गरेको छ । 
विसं १९६६ कात्तिक २७ गते काठमाडौँको डिल्लीबजारमा जन्मेका देवकोटाको तिथि अनुसार कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन भएकाले उनको नाम लक्ष्मीप्रसाद राखिएको थियो । 
दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । 

प्रकाशित: २ कार्तिक २०७४ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App