१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर सैनिक जवानको मृत्यु

सिन्धुली – चण्डीदल गण ठुलीटार व्यारेकमा कार्यरत एक सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ७ ठुलीटारमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर व्यारेकमा कार्यरत सैनिक लोकेन्द्र अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डेरा नजिकै छिमेकी चिरञ्जीवी केसीको घरमा पानी तान्ने मोटर बिग्रिएकोले मर्मत गरेर जडान गर्ने क्रममा करेन्ट लागेर अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते अवस्थामा रहेका लोकेन्द्रको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आफन्तजनले जनाएका छन् ।

प्रकाशित: २५ आश्विन २०७४ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App