१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस दुर्घटना एकको मृत्यु

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषस्थित पशुपति डाँडामा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ छेलाङबाट मंगलबार सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर रूखमा अड्किएको थियो ।
मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–३ का ५० वर्षीय होमबहादुर घले रहेका छन् । गम्भीर घाइते भएका घलेको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते २२ जनाको हाल काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।

 

प्रकाशित: २५ आश्विन २०७४ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App