अर्घाखाँची- जिल्लाको मालारामी गाउँपालिका वडा नं. ३ खनदह सावडाँडामा वस दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ। अर्घातोषको डाँडाकेटरीबाट वुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको वस दुर्घटना हुँदा मालारानी ३ खनहदका ९ वर्षिय अभियान आचार्य र गुल्मी धुरकोट वडा १ की ३५ वर्षिया सुन्तली विकको निधन भएको हो। करिव ४० जना घाइते भएका छन् ।
घाइते मध्ये १० को अवस्था गम्भीर छ । मालारमनी २ का २१ वर्षिय उमेश कुवँर, मालारानी २ कै भानुभक्त आचार्य, मालारमनी ३ की ३४ वर्षिया इन्दिरा आचार्य, रुपन्देही शंकर नगरकी ६७ वर्षिया भद्रकला भट्टराई, मालारानी २ का २० वर्षिय कृष्ण कुवँर, सन्धिखर्क ११ का ५० वर्षिया गोमा वस्याल, सन्धिखर्क ११ कै ५२ वर्षिया शान्ता भुसाल, गुल्मी पुर्कोटदहका सोभे सार्की र मालारानी गाउँपालिकाका ३८ वर्षिय यमकला भुसाल रहेको प्रहरीले जनाएको छ । गाडी चालक गोकुल विक भने सकुशल रहेका छन्।
३५ सिट क्षमताको बसमा ७० जना यात्रु सवार रहेका थिए । गाडी समधर ठाउँमा दुर्घटना भएको हो । गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको लगिएको छ । अत्यधिक यात्रुको चाप र ड्राइभरको लापरवाहीका कारण दुर्घटना भएको गाडीमा सवार यात्रुहरुको भनाइ छ । सामान्य घाइते ३५ जनालाई वुटवल रेफर गरिएको छ । वसमा सवार केहि यात्रु सकुसल छन् भने केहिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट एक सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले साँघुरो सडक र सडकको छेउको भाग कमजोर रहेकाले दुर्घटना भएको बताए ।
प्रकाशित: २० आश्विन २०७४ १२:५९ शुक्रबार