१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फेवातालको जग्गा अतिक्रमणबारे अख्तियारको चासो

पोखरा- फेवातालको जग्गा व्यक्तिले दर्ता गरेको समाचार रिपब्लिका र नागरिक दैनिकमा सार्वजनिक भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। अख्तियारले पोखरा–लेखनाथ महानगरपालिका अन्तर्गतको फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयलाई पत्र लेख्दै फेवातालको जग्गा अतिक्रमणको विवरण मागेको हो। अख्तियारले फेवाताल संरक्षणका लागि गरेको कामको विवरण समेत महानगरसँग मागेको छ।

‘फेवाताल संरक्षणमा हामीले गरेको काम सहित अतिक्रमित जग्गाको बारेमा विस्तृत विवरण अख्तियारले मागेको छ,’ महानगरका एक इन्जिनियरले नागरिकसँग भने, ‘त्यसको जवाफ हामीले दिँदैछौं।’ सरकारले चारवर्षअघि आयोग गठन गरेर बुझाएको अध्ययन प्रतिवेदन सहित महानगरले गरेका कामको विवरण बुझाएको ती इन्जिनियरले बताए । ‘महानगरले संरक्षणमा गरेको पहल र अध्ययन प्रतिवेदनको विवरण बुझाएका छौ,’ उनले भने।

फेवातालको १६ सय ९२ रोपनी जमिन व्याक्तिको नाममा दर्ता भएको प्रतिवेदन छानविन समितिले सरकारलाई बुझाएको थियो। समितिले अतिक्रमित जमिन खारेज गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रकाशित: २४ श्रावण २०७४ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App