४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

क्यान्सरपीडित बालिकाको सहयोग याचना

पर्वतको कुस्मा नगरपालिका-७ दुर्लुङकी १३ वर्षीया अरूणा नेपालीको बेलाबखत नाकबाट रगत बग्थ्यो। पछिल्लो ७ महिनायता नियमित जस्तै रगत बग्न थालेपछि चिकित्सकहरूले क्यान्सरको लक्ष्यमै आशंका गरे।

आमा सुनिताकुमारी सार्की छागाबाट खसे जस्तै भइन्। लामो समयसम्म लगातार रगत बगिरहेको अवस्थामा चिकित्सकले क्यान्सरको लक्षणसहितको जानकारी दिएपछि घरजग्गा धितो राखेर छोरीको उपचारमा जुटेकी सुनितालाई अहिले आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ।

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ। अहिले ललितपुर पाटन अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी अरूणाको उपचारमा नियमित लाग्ने खर्चसमेत नभएको आमा सुनिताले बताइन्।

‘फेसबुकमा फोटो हालेर संकलन भएको पैसा पनि सकियो। पैसा नहुँदा अस्पतालको शय्यामा छोरी जीवन मरणको दोसाधमा छटपटाइरहेकी छिन्,’ आमा सुनिताले भनिन्। उनले सरकारले उपलब्ध गराउने विपन्नबापतको सहयोग एक दिनमै सकिएको बताइन्।

उपचारमा १५ देखि २० लाखसम्म खर्च लाग्ने उनको भनाइ छ। नियमित औषधिसहितको खर्च नहुँदा उपचारमै समस्या भएपछि सुनिताले सहयोगको याचना गरेकी छन्। ‘भएको जग्गाजमिन धितो राखेर उपचार गर्दा पनि पुगेन, सहयोग जुटाउन नसके घर फर्किनुपर्ने अवस्था छ,’ उनले भनिन्। उनले स्वदेश तथा विदेशमा रहेका पर्वतवासीलाई आर्थिक सहयोग गरी छोरीको जीवनरक्षा गरिदिन अनुरोध गरेकी छन्।

म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँका पूर्ण रोकाले मलेसियामा रहेका नेपालीबाट भेला गरी २० हजार ७ सय ७२ रूपैयाँ सहयोग गरेका छन्। सहयोगका लागि सुनिताकुमारी सार्कीको फोन नम्बर ९७४८४३८३८१।

प्रकाशित: २९ श्रावण २०८० ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App