१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर दुईको मृत्यु, तीन घाइते

सिन्धुपाल्चोक- बाह्रविसे नगरपालिका–७ घुम्थाङ गाउँमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।

                शनिबार बिहान तीन बजेतिर भएको उक्त घटनामा परी स्थानीय ५० वर्षीया माशाङ तामाङ र ४५ वर्षीया पाशाङफुटी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट प्रवाह हुँदा फरक घरका उनीहरुको सुतेकै अवस्थामा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र केसीले बताए ।

                उनका अनुसार घटनामा अरु तीन जना घाइते भएका छन् । गम्भिर घाइते सुकु तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते दावा तामाङ र नवाङ तामाङ बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि साँझ घर फर्केका छन् । स्थानीयको भनाइ उदृत गर्दै एसपी केसीले दिएको जानकारी अनुसार गड्याङगुडुङको आवाज आइरहँदा घर–घरमा उच्च करेन्ट प्रवाह भएको थियो । ‘चट्याङ परेर हाइभोल्टेज करेन्ट प्रवाह भएको हुन सक्छ,’ उनले भने ।

                गाउँका धेरै घरमा टेलिभिजन र रेडियोसेट जल्नुका साथै करेन्ट सर्ट भइ विद्युत अवरुद्ध भएको प्रहरीले जनाएको छ । घटनाका बेला गाउँमा कोलाहल मच्चिएको थियो भने स्थानीयमा भागदौड मच्चियो। घटनाको विषयमा नेपाल विद्युत प्राधिकरणले अनुसन्धान गर्ने तयारी गरेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर पन्तकुमार बाखुले बताए ।

                ‘हाइभोल्टेज करेन्ट आएको विषयमा प्राधिकरणले अनुसन्धान गर्ने हो । प्रहरीले कारण बताउन सक्ने कुरा भएन,’ उनले भने । मृतकको शव पोष्ट मार्टमका लागि बाह्रविसे ल्याइएको छ । साँझसम्म उनीहरु अन्तिम दाहसंस्कार गरिएको छैन । सिन्धुपाल्चोक विद्युत सम्वन्धी समस्याका कारण वार्षिक धेरैले ज्यान गुमाउने जिल्लामा पर्छ । प्रहरीको तथ्यांकअनुसार यस सम्वन्धी समस्याका कारण यहाँ वार्षिक ५–५ उपभोक्ताको ज्यान जाँदै आएको छ।

               

प्रकाशित: २४ असार २०७४ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App