२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिरहामा झाडापखालाले एकको मृत्यु, १० सिकिस्त

सिरहा—सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका सितापुर टोलमा झाडापाखाला फैलिएको छ। झाडापाखाले सिकिस्त माँगैन यादव(७०)को मृत्यू भएको छ। दशजना झाडापाखाला विरामीको गाउँमै उपचार भैरहेको स्वाथ्य चौकी सितापुरका ईन्चार्ज चन्द्रप्रकाश पण्डितले जाकारी दिए।

पण्डितका अनुसार शनिवार विहान ४ बजेबाट पाखाला चलेपछि यादवलाई स्वास्थ्य चौकी नल्याई टोलकै औषधी पसलमा उपचार गराइयो। औषधी पसललेबाट नसम्हलेपछि थप उपचारका लागि लहान लैजान भनेको केहि मिनेटमै यादवले दम तोडेको यादव परिवारलाई उद्धृत गर्दै झाडापाखाला विरामीको घरधुरी सर्बेक्षणमा खटिएका पण्डितले फोनमार्फत जानकारी गराए।

माँगैनका नातीनिहरु नितु यादव(१९) र सन्तोषी यादव(१५) पनि झाडापाखालाले थलिएका छन्। उनीहरुको घरमै पुगेर स्लाईनपानी र औषधीउपचार गरिरहेको पण्डितले भने। गाउँमा हामीले १० जनाको उपचार गर्दै छौं उनले नागरिकसंग भने,‘स्वास्थ्य चौकीमा जिवनजलबाहेक केही छैन, स्लाईनपानी पनि हामीले बाहिरबाट व्यवस्थापन गर्दै छौं।’

यहाँको वडा नम्बर ८ र ९ मा झाडापाखाला फैलिएको उनले बताए। गर्मीमा खानपानमा भएको लापरबाहीले झाडापाखाला फैलिएको हुनसक्ने प्ररम्भिक अनुमान गरिएको छ।

प्रकाशित: १३ असार २०७४ ०६:३९ मंगलबार