१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कालिखोलामा सुख्खा पहिरो, नाराययागढ-मुग्लिन सडकमा यातायात बन्द

चितवन- निर्माणधिन नाराययागढ मुग्लिन सडक खण्डको कालिखोलामा सुख्खा पहिरो खसेका कारण आज आइतबार बिहानैदेखि यातायात आवागमन ठप्प भएको छ। चारवटा मेशिन उपकरणले पहिरो पन्छाउने काम गरेका कारण १० बजेपछि यातायात खुल्ने सम्भावना रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए।

सामान्य अवस्थामा नारायणघाट मुग्लिन सडक खण्ड बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुने गर्छ। पहिरो गएर गाडीहरु रोकिएका कारण आज यो समय सिमा लागु नहुने प्रमुख यादवले बताए। 'गाडीहरु धेरै नै रोएिका छन्। पहिरो हटाउने काम १० बजेपछि सकियो भने पनि हामी यातायात खोल्छौं। रोकिएका गाडी सवै कटाउँछौं' उनले भने।

शनिबार राति नौ बजे सो क्षेत्रमा पहिरो गएको थियो। राति ११ बजे पहिरो हटाएर गाडी चल्न सुरु भएको थियो। फेरि बिहान साढे दुई बजे पहिरो खसेर बाटो पुरै बन्द भएको आयोजना प्रमुख यादवले बताए। बिहान साढे चार बजेबाट मात्रै पहिरो पन्छाउने काम फेरि सुरु भएको हो। राजधानी काठमाडौंलाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको यो सडक खण्डमा हुने यातायात बन्दले १० औं हज्जार गाडीहरुलाई असर गर्छ।

प्रकाशित: ४ असार २०७४ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App