१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पुनः वार्तामा बस्ने गरी टुङ्गियो पहिचान पक्षधर र सरकारबीचको वार्ता

प्रदेश सरकार र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरबीचको वार्ता पुनः वर्तामा बस्ने गरी टुङ्गिएको छ।

आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारी वार्ता टोलीबीच भएको वार्ता पुनः वार्तामा बस्ने गरी टुंगिएको हो।

सरकारी वर्ता टोली र पहिचान पक्षधरले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वार्ता सकारात्मक रहेको र चाँडै वर्तामा पुनः बस्ने गरी टुङ्गिएको सरकारी वार्ता टोलिका संयोजक ऊर्जा, सिँचाइ, खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्वोले बताए।

पहिचान पक्षधर वार्ता टोलिका सदस्य रामभक्त कुरुम्वाङले सरकारसँग भएको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उनले पहिलो वार्ता भए पनि आफूहरूले उठाउँदै आएको मुख्य मागका विषयमा सरकारी वर्ताटोलीसँग स्पष्ट रुपमा छलफल भएको जानकारी दिए। उनले वार्ता र आन्दोलन सँगसँगै अघि बढ्ने स्पष्ट पारे।

‘सरकारी वर्ता टोलीसँगको वार्ता सकारात्कम छ ’ उनले भने ‘माग पुरा नहुन्जेल वार्ता र शान्तिपूर्ण आन्दोलन सँगसँगै अघि बढाउँछौँ।’

आज भएको वार्तामा सरकार पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी र पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु लगायत सहभागी थिए।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन्।

प्रकाशित: ४ असार २०८० ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App