१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मैना सुनार हत्या प्रकरणमा तीन पूर्व सैनिक अधिकृतलाई जन्मकैद

काठमाडौं- जिल्ला अदालत, काभ्रेले ‘मैना सुनार हत्या प्रकरण' मा बहालवाला सैनिक अधिकृतलाई उन्मुक्ति दिई अवकाश प्राप्त तीन जना सैनिक अधिकृतलाई जन्मकैदको फैसला सुनाएको छ। निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजायको  फैसला जिल्ला अदालतले सुनाएको हो। तत्कालीन सहसेनानी निरञ्जन बस्नेतले भने सफाइ पाएका छन्। सशस्त्र द्वन्द्वकालीन मुद्दामा अदालतले सेनालाई दोषी ठहर गरेको यो पहिलो घटना हो।

अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय।

चारै जनामाथि माओवादी द्वन्द्वका बेला काभ्रे खरेलथोककी १५ वर्षीया किशोरी मैनालाई पक्राउ गरी सैनिक ब्यारेकमा लगेर हत्या गरेको अभियोग थियो ।

जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले ३ वैशाखमा सुनाएको फैसलामा तीनै जनालाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय हुने भनिएको छ ।

मैनालाई २०६०  फागुन ५ मा पाँचखालस्थित वीरेन्› शान्ति तालिम केन्›का सैनिकले घरमै गएर पक्राउ गरेका थिए। उनलाई पक्राउ गर्दा तत्कालीन सहसेनानी निरञ्जन बस्नेतले चलाएको गाडीमा राखेर सैनिक तालिम केन्›मा ल्याइएको थियो। मैना हत्याको अभियोग लागेका चारजनामध्ये बस्नेत सेनामै कार्यरत छन्।

सफाइ पाएका बस्नेतविरुद्ध सरकारी वकिलले पुनरावेदन मुद्दा हाल्ने बाटो भने बाँकी छ।

सेनाले पक्राउ गरेर बेपत्ता पारेपछि मैनाकी आमा देवी र बाबु पूर्णबहादुरले विभिन्न निकायमा निवेदन दिएका थिए। त्यसपछि सेनाले २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो।

२०६२ मंसिर २१  मा मैनाकी आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा चारै जनाविरुद्ध जोहरी दिएकी थिइन। द्वन्द्वका समयमा सेनाविरुद्धको उजुरी प्रहरीले दर्ता नगरेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन्। २०६४ असोजमा सर्वोच्चका न्यायाधीशद्वय मीनबहादुर रायमाझी र रामप्रसाद श्रेष्ठको संयुक्त इजलासले जोहरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको थियो।

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत २०६४ माघ १७ मा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। २०६४ फागुनमै जिल्ला अदालतले अभियुक्तलाई पक्राउ गर्न आदेश दिएको थियो। तर उनीहरू फरार थिए।

त्यसपछि २०७० असोज १ गते न्यायाधीश ईश्वरराज आचार्यको इजलासले मुद्दालाई मुल्तबीमा राख्ने निर्णय गरेको थियो। मैनाकी आमा देवीले फेरि अदालत गुहारेपछि २०७२ मा न्यायाधीश अवानी मैनाली (भट्टराई) को इजलासले मुद्दा जगाउने निर्णय गरेको थियो। मुद्दा पुनः जागेपछि ३ वैशाखमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

प्रकाशित: ५ वैशाख २०७४ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App