१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इटहरीमा दुई अर्बको लगानीमा पाँच तारे होटल ‘सोल्टी’ सञ्चालनमा

दुई अर्बको लगानीमा इटहरीमा पाँच तारे होटल सोल्टी वेस्टेन्ड सञ्चालनमा आउने भएको छ। 

सात वर्षअघि देखि निर्माण थालिएको होटल पछिल्लो समय कोरोना महामारीले गर्दा सञ्चालनमा ढिलाई भएको थियो।

गरिमा होटलको नाममा निर्माण सुरु भएको होटलले ५६ वर्ष पुरानो नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको पाँच तारे होटलसँग सम्झौता गरी सञ्चालनमा आउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। होटलको औपचारिक उद्घाटन बुधबार गरिने भएको छ।

एक बिघा क्षेत्रफलमा फैलिएको होटल कोशी प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि खाना र बस्नका लागि उपयुक्त स्थान हुने होटल सञ्चालकका अध्यक्ष भीमबहादुर पौडेलले बताए। कोशी प्रदेशमा यसअघि ठुलो होटल मेची क्राउन भए पनि अब भने सोल्टी वेस्टेन्ड इटहरी नै हुने पौडेलले जनाए।

सुरुवातमा होटल पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा सुरु गरिए पनि पछिल्लो समय आचार्यले आफ्नो सेयर फिर्ता लिए सकेका छन्। होटलमा ८० वटा सुविधा सम्पन्न कोठाहरू र विशिष्ट सुइट रुमहरु रहेका छन्।

‘अतिथिहरूको परिवेश र चाहना अनुरूपका रुची पूर्ण डिजाइनमा आतिथ्य सत्कारका निम्ति समुचित सुविधाहरू प्रदान गरिनेछ,’ सोल्टी वेस्टेन्डका सह-अध्यक्ष सुदर्शन चापागाईँले भने, ‘पाहुनाहरूबाट खोजिने अभिरुचीलाई ध्यानमा राखेर आत्मियता र सद्भावका साथ जीवन्त रुपमा सेवा सुविधाहरू प्राप्त गरिनेछ।’

होटलमा तीन वटा रेस्टुरेन्ट हुनेछन्। जसमध्ये ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ। अर्को फाइन डाइनिङमा सय जना सजिलै बस्न सक्छन्। तेस्रो ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी छ।

यसैगरी, एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्याङ्केट हल छन्। होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा, पर्याप्त पार्किङ् लगायतका सुविधा रहेको सह अध्यक्ष चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सोल्टी वेस्टेन्ड इटहरीमा पूर्वकै व्यापारिक केन्द्र र प्रोजेक्टसँग सम्बन्धित कार्यक्रम, विवाह, मनोरञ्जन, जन्मोत्सव, वैवाहिक वर्षगाँठ, नयाँ वर्ष लगायतका समारोह मनाउन आउनेको जमघट हुने सञ्चालक सिनेट रिजाल बताउँछन्। ‘खाना र लेभल अफ सर्भिसका लागि हदैसम्म ध्यान दिइनेछ,’ उनले भने।

प्रकाशित: २ जेष्ठ २०८० १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App