१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेता पुनलाई थप उपचारका लागि थाइल्याण्ड लगियो

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डको समितिभेज अस्पताल लगिएको छ।

उच्च ज्वरोका कारण विगत एक सातादेखि धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिए।
आज दिउँसो थाइ एयरवेजबाट उनलाई थाइल्याण्ड लगिएको छ। चिकित्सकको सुझावअनुसार नै उनलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको हो।

एक वर्ष पहिले पनि कमलपित्तका कारण बिरामी पर्नुभएका नेता पुनको भारत र थाइल्याण्डमा नै उपचार गरिएको थियो। नेता पुनको साथमा उहाँकी श्रीमती तथा सभामुख घर्ती पनि आजै थाइल्याण्ड गएको सभामुख घर्तीका प्रेस विज्ञ बबिन शर्माले जानकारी दिए। रासस

 

प्रकाशित: १५ फाल्गुन २०७३ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App