१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ वर्षदेखि इम्बोस्ड नम्बरप्लेट

एम्बोस्ड नम्बर प्लेटको नमुना

काठमाडौं— सरकारले सवारीसाधनमा नयाँ वर्षदेखि उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट राख्ने भएको छ। यातायात व्यवस्था विभागले सवारीसाधनलाई प्रविधिमैत्री र चोरी हुनबाट जोगाउन इम्बोस्ड प्लेट जडान गर्न लागेको हो। सवारी तथा यातायात व्यवस्था ऐन– ०४९ मा गरिएको व्यवस्था बमोजिम उच्च प्रविधिको नम्बर प्लेट जडान गर्ने तयारी गरिएको विभाग प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।

विभागका कम्प्युटर इन्जिनियर राजकुमार महर्जनले इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि निकाल्न नमिल्ने बताए। ‘यो बलियो र निकै किफायती हुन्छ। एकपटक जडान गरेपछि फेरि खोल्न मिल्दैन,’ उनले भने, ‘खोल्नुपरे प्लेट नै काट्नुपर्ने हुन्छ ।’

भागले ग्लोबल टेन्डरमार्फत इम्बोस्ड नम्बर छाप्ने ठेक्का अमेरिका तथा बंगलादेश संयुक्त कम्पनी डेकाटुर टाइगर आइटीलाई दिइसकेको छ। डेकाटुरले इम्बोस्ड नम्बर प्लेट छाप्ने मेसिन ल्याइसकेको विभागले जनाएको छ। ‘नयाँ वर्षदेखि नै सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न थाल्छौँ,’ पाण्डेले भने, ‘सोहीअनुसार ठेकेदार कम्पनीले काम गरिरहेको छ।’

कम्प्युटराइज प्रविधिमा आधारित इम्बोस्ड नम्बर प्लेट सवारीसाधन चोरी नियन्त्रणमा उपयोगी हुने पाण्डेले बताए। इम्बोस्ड नम्बरमा विशेष प्रकारको चिप्स राखिएको हुन्छ। चिप्सकै माध्यमले सवारीसाधनको स्थिति र अवस्थाबारे डिजिटल प्रविधिबाट जानकारी लिन सकिनेछ।

विभागका कम्प्युटर इन्जिनियर राजकुमार महर्जनले इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि निकाल्न नमिल्ने बताए। ‘यो बलियो र निकै किफायती हुन्छ। एकपटक जडान गरेपछि फेरि खोल्न मिल्दैन,’ उनले भने, ‘खोल्नुपरे प्लेट नै काट्नुपर्ने हुन्छ ।’

विभागले पाँच वर्षभित्रै देशभरका सवारीसाधनमा  इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ ।

विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखा संयुक्त टोलीले इम्बोस्ड नम्बर अनुगमन गर्नेछ । ‘सवारी दुर्घटनामा परे पनि इम्बोस्ड नम्बर प्लेटका माध्यमबाट ठाउँ पत्ता लगाउन सकिनेछ,’ उनले भने ।

एउटा इम्बोस्ड नम्बर जडान गर्दा कति शुल्क लाग्ने भन्ने निर्धारण भइनसकेको तर दुई हजारदेखि तीन हजार रुपैयाँसम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागको सिफारिसमा अर्थ मन्त्रालयले इम्बोस्ड नम्बर प्लेट जडान शुल्क तोक्ने जनाइएको छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ?

इम्बोस्ड नम्बर प्लेटमा उच्च प्रकारको सेक्युरिटी नम्बर र  जिपिएस सिस्टम जडान गरिएको हुन्छ । इम्बोस्ड नम्बरका माध्यमले सवारीसाधनको स्थिति र अवस्थाबारे जानकारी लिन सकिन्छ । ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस’ले सवारीसाधनबारे जानकारी लिन सकिन्छ । यो नम्बर प्लेट एकपटकभन्दा बढी प्रयोग गर्न सकिँदैन । इम्बोस्ड नम्बर विश्वमा धेरै मुलुकमा प्रयोग भइरहेको छ।

प्रकाशित: २४ माघ २०७३ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App