१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तु नगरपालिकाबासीलाई अब निःशुल्क रगत उपलब्ध हुने

कपिलवस्तु नगरपालिकाबासीले अब देखि रुपन्देहीबाट समेत निःशुल्क रुपमा रगत पाउने भएका छन । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचारबाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ।अब देखि रुपन्देहीको सरकारी अस्पताल बाहेकका अन्य अस्पतालमा उपचारत कपिलवस्तु नगरपालिबासी बिरामीले समेत निःशुल्क रगत पाउने भएका हुन । रक्तसंचार केन्द्र बुटवल र भैरहवाले रगत उपलब्ध गराउने छ ।

कपिलवस्तु नगरपालिका र नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा बिच बिहीबार सो बिषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र रेडक्रस रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपाने बिच लिखित सम्झौता भएको  हो । ११ बुदे सम्झौता भने आउने असार देखि लागु हुनेछ । प्रति प्वाईन्टको लाग्ने ९ सय ५० रुपैया शुल्क भने नगरपालिकाले रेडक्रस रुपन्देहीलाई बुझाउने छ । बिरामीहरुलाई आवश्यक रगत भने रुपन्देहीका रक्तसंचार केन्द्रले उपलब्ध गराउने छ । 

नगरपालिकामा बसोबास गरेको नागरिकता मतदान परिचय पत्र लगायतका परिचय पत्र खुल्ने निस्सा रक्तसंचार केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ । नभए बिरामीका लागि तोकिए बमोजिमको शुल्क तिरेर रगत लैजान सक्ने र पछि निस्सा बुझाए भने सो रकम फिर्ता समेत पाउने गरी सम्झौता भएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रगत कै कारण बिरामीहरूको उपचारमा समस्या नओस भनेर यो सम्झौता गरिएको बताए । उनले नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यान दिई यो कदम चालिएको बताए । अब नगरपालिका बिभिन्न वडाहरूमा समेत रक्तदानको कार्यक्रम संचालन गरिने उनले बताए । 

प्रकाशित: १४ वैशाख २०८० १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App