१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वृद्धा बलात्कार प्रयास, बालिकामथि यौन दुर्व्यवहार, अभियुक्त पक्राउ

धादिङ– ७३ वर्षीया वृद्धालाई बलात्कार गरेको गर्ने प्रयास गर्ने धादिङको आगिन्चोक गाविस–२ का २३ वर्षीय च्यामे नेपालीलाई प्रहरीले गरेको छ।

परिवारमा कोही नभएकी बृद्धालाई मंगलबार राती घरमा सुतेको स्थानमा मादक पदार्थ सेवन गरी गएका अभियुक्त नेपाली बलात्कार प्रयास गरेका थिए। वृद्धाको संवेदनशील अंगमा समाउने तथा घाउ लाग्नेगरी  टोकेर र चिथोरेका कारण उनी गम्भीर घाइते भएकी छन्।  

स्थानीयहरुका अनुसार वृद्धाले छिमेकीको घरमा मागेर खाँदै आएकी थिइन्। वृद्धा महिला गम्भीर घाइते भएकोले सल्यानटारस्थित प्राथमिक स्वास्थय केन्द्रमा सामान्य उपचारपछि जिल्ला अस्पताल धादिङबेसीमा उपचार गरिएको छ।

बिहीबार अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको  प्रहरीले जानकारी दिएको छ। उनीमाथि भएको घटनाका विषयमा इलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरी टोलीले आरोपीलाई थियो।

त्यस्तै १२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा धादिङ थाक्रे–३ का मोहविन अलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पसलमा कपडा सिलाउन गएको बेला शरीरका संबेदनशील अंगमा छुने र अश्लिल शब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको बालिकाको अभिभावकले बताएका छन्।  

प्रकाशित: १४ पुस २०७३ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App