धनकुटा– धनकुटाको छिन्ताङमा प्रहरीले गाँजा फडानी गरेको छ। प्
रहरी उपरीक्षक सुदिप राजभण्डारीको कमाण्डमा गएको प्रहरी टोलीले छिन्ताङ गाविस वडा नं. ९ तित्रेडाँडामा १४ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार ५५ बोट र छिन्ताङ– ५ मा दुई रोपनीमा रोपिएको ५ सय बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गएको बर्ष देखि प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान चलाएपछि स्थानीय किसानले लुकीछिपी रोपेको गाँजा समेत नष्ट गरेको बताईएको छ ।
प्रकाशित: २३ मंसिर २०७३ १३:२४ बिहीबार