५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बेनी–जोमसोम र पृथ्वी राजमार्ग बन्द

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।  

शुक्रबारदेखि सडक बन्द गरेर काम गरिने म्याग्दी प्रशासनले बताएको छ। चैत ३ देखि १४ गतेसम्म बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म सडक बन्द हुने म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताएका छन्।  

चैतेदशैंको उपलक्ष्यमा मुस्ताङको कागबेनीमा स्नान गर्ने तीर्थयात्रीलाई सहज बनाउनका लागि चैत ६ देखि ८ गतेसम्म तीनदिनका लागि बन्द सडक बन्द नहुने पन्तले बताए। दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन भने चल्न दिइने उनले बताए।  

त्यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवासम्मको सडक खण्ड पनि बन्द रहेको छ । राती १२ देखि बिहान ४ बजेसम्म सडक बन्द रहेको तनहुँ प्रशासनले बताएको छ। अत्यावश्यक रुपमा सवारी साधनबाहेक अन्य साधन बन्द हुने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताएका छन्।  

अघिल्लो पटक १५ दिन बन्द रहेको राजमार्गको काम बेलैमा नसकिएकोले थप १५ दिन सडक बन्द गरिएको उनले बताए। दोश्रो पटकका लागि चैत २८ गतेदेखि १५ दिनका लागि सडक बन्द गरेको प्रशासनले बताएको छ।

प्रकाशित: ३ चैत्र २०७९ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App