१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ब्रुनार्इ पठाइदिने बहानामा ३० जनासँग १ कराेड ३० लाख ठग्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

आकर्षक तलबसहित बु्रनाई पठाइदिने भन्दै दीपकप्रसाद न्यौपाने समेत ३० जनाबाट करिब रु एक करोड ३० लाख उठाई सम्पर्कविहीन भएका अर्याललाई पीडितले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार अनामनगरबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानबाट अर्यालले पीडितसँग रकम उठाउनका लागि नक्कली मागपत्र र प्रवेशाज्ञा कागजपत्र देखाई ठगी गरेको खुल्न आएको छ ।

गुल्मी, सिमीचौर गाविस स्थायी घर भएका अर्याललाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । रासस

प्रकाशित: २ मंसिर २०७३ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App