१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लक्ष्मी पूजाको दियो सल्केर नेताको घर अागलागी

महेश्वर चामलिङ राई
 

उदयपुर— लक्ष्मीपुजा गर्न बालेको दियोबाट आगो सल्केर यहाँका एक माओबादी नेताको घर जलेर नष्ट भएको छ। पूजा गर्न बालेको पालाबाट सल्केको आगोले जिल्लाको पूर्वी गाविस रामपुर ठोक्शीला २ रामपुर बजारका नेकपा माओबादी केन्द्रका २ नम्बर वडा कमिटी उपाध्यक्ष प्रेमबहादुर राईको घर जलेर नष्ट भएको हो।

आईतबार साँझ पूजा गरेर घरका बालबालिका भैली खेल्न निस्केको तथा आमा भान्सामा व्यस्त भएका बेला आगो सल्केर घरमा आगो लागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

राति ९ः०० बजेको आगो परिवार र स्थानीयले इलाका प्रहरी कार्यालय रामपुरको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएको बताइएको छ ।

आगलागीबाट फुसको छानो भएको राईका दुईतले काठे घरमा क्षेति पुगेको छ भने घरभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा र कागजात नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७३ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App