१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कसैले ठक्करै नदिई लड्यो मोटरसाइकल, चालकको मृत्यु

उर्लाबारी (मोरङ)—मोरङको पथरीशनिश्चरे–१ स्थित भित्री सडकखण्डमा आज अपराह्न मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 


अपराह्न २:४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को ५ प ३८४१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सङ्खुवासभा खाँदबारी बस्ने २९ वर्षीय खगेन्द्र भण्डारीको मृत्यु भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि पथरी अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए। रासस

प्रकाशित: १४ कार्तिक २०७३ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App