१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हराएको ३० वर्षपछि समाजिक सञ्जालमार्फत परिवारको सम्पर्कमा

बिरा गडाल

बैतडी– सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन्।

१५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु। भन्दै पाकिस्तान पुर्याएर अलपत्र छोडेका थिए।

भारतको मुम्वईबाट बेपत्ता चन्द तीस वर्षपछि सम्पर्कमा आएका हुन्। पाकिस्तानको क्वटा शहरको बलोन मेडिकल कलेजमा अध्ययनरत डोटीका राजेन्द्रप्रसाद फुलाराबाट सम्पर्कमा आएका उनी नेपाल फर्कन चाहेको बताएका छन्। ३० वर्षदेखि घरपरिवारको सम्पर्कमा नआएर बेपत्ता भएका उनी सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका हुन्।

पाकिस्तानको चमन सहरमा बस्दै आएका चन्द सामाजिक सञ्जालबाट सम्पर्कमा आएपछि उनका भतिज ललितचन्द र शंकरबहादुर चन्दसँग फोन सम्पर्कसमेत भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घर परिवार, गाँउको ठेगाना लेखेर तीस वर्षदेखि पाकिस्तानमा रहेको र नेपाल फर्कन चाहेको बताएपछि उनी सम्पर्कमा आएका हुन्। उनले घर छोड्ने बेला नेपाली सेनाका जागिर दाई रणबहादुर र गंजबहादुर हाल रिटार्यड छन्। हराएको लामो समयपछि सम्पर्कमा आउँदा घरपरिवार खुशी भएका हुन्।

महेन्द्रनगरमा अध्ययनरत उनका भतिजा ललितले फोनसम्पर्क समेत गरेको बताए। फोनमा नेपालफर्कन चाहेको गाँउघर र देशको माया लागेको समेत बताएका छन्। हराएको लामो समयपछि भाईको पत्तालागेपछि घरपरिवार समेत खुशी भएको उनका दाई ङ्याङी चन्दले जानकारी दिए।

‘हामीले त भेटिने आश मारेका थियौं सामाजिक सञ्जालले हराएको भाई पत्तालागेपछि खुशी लागेको छ,’ उनले भने।

१५ वर्षको उमेरमा कामको खोजीमा भारतको पिथौरागढ गएका चन्द ६ महिनापछि दिल्लीहुँदै मुम्बई पुगेकाथिए। मुम्बईमा छँदा नेपालमा रहेका परिवारसँग सम्पर्कमा रहेका उनी एकाएक सम्पर्क विहीन भएका थिए । करिव १० बर्षअघि पाकिस्तानको कराचीबाट उनले पठाएको पत्र घरसम्म पुगेका उनका दाई ङ्याङीले बताए । पत्रमा कराँची शहरमा भएको दुबई जाने भनेर आएको यहाँ अलपत्र छु। भिसाको म्यादसमेत सकियो केही दिनपछि लाहोर जाँदैछु भनेर फोन नम्बर समेत दिएका थिए । उनले दिएको फोन नम्बरमा सम्पर्क गर्दा सम्पर्क नभएको परिवारका सदस्यले बताएका छन्।

लामो समय परिवारसँग बिछोडिएका चन्दलाई परिवारले नेपाल ल्याउन चाहेका छन् भाईलाई नेपाल फर्काउने फहल चाल्न उनीहरुले आग्रह गरेका हुन्।
 

प्रकाशित: १३ कार्तिक २०७३ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App