१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राजनीतिक स्वार्थका काम नगर्नुस्ः प्रहरी प्रमुख

भीमदत्तनगर-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा शुक्रबार आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने– ‘दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ ।’

महानिरीक्षक अर्यालको भनाइ थियो– “राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्छ’

कञ्चनपुरलगायत यहाँका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए । रासस

प्रकाशित: १४ आश्विन २०७३ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App