७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलित, प्रहरीको गाडी तोडफोड (तस्बिरसहित)

ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरूले काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका छन्। 

सोमवार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रको सडकमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध गरेका हुन्। बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ। 

यातायात मजदुरहरूले सडकमा सवारी साधन तेर्स्याएर विरोध जनाएसँगै बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ। पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरूले सडक अवरुद्ध गरेको सवारीसाधनहरूका चालकहरूले बताए।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ। अवरोधका कारण अहिले यातायात मजदुरहरूले गोङ्गबु, चक्रपथ लगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन्। यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ।

गोङ्गबु क्षेत्रमा तेर्स्याइएको सवारी साधन। तस्बिर: अरविन शाह।  

मजदुर सङ्गठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन्। यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरू अलपत्र परेका छन्। उनीहरू हिँडेरै गन्तव्य स्थल जान बाध्य भएका हुन्। यति बेला नेपाल प्रहरीले यातायात सुचारु गर्न प्रयास गरिहरेको छ।

काठमाडौं उपत्यका प्रहरी प्रवक्ता सानु भट्टराईका अनुसार यातायात व्यवसायीहरूले पार्किङ जुन सुकै ठाउँमा गर्न पाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन्। ट्राफिक नियमको विरुद्ध आन्दोलन गरिएको उनको भनाइ छ। 

तस्बिरहरू: लक्ष्मण तामाङ/ नागरिक। 

प्रकाशित: १ फाल्गुन २०७९ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App