१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

६ दशकपछि नेपाल सांस्कृतिक परिषद् पुनर्जीवित

काठमाडौं– २००८ सालमा विशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा स्थापित भएको ‘नेपाल सांस्कृतिक परिषद्’ ६ दशकपछि पुनर्जीवित भएको छ।  महेश प्रसाईंको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विधिवत् दर्ता भई सो परिषद्ले पुनर्जीविन पाएको हो।  परिषद्का अन्य सदस्यहरु वसन्तप्रकाश उपाध्याय, मनोज न्यौपाने, हेमन्त विवश, भोजराज न्यौपाने, महेश पौड्याल, ध्रुव घिमिरे, छाया लामा लगायत छन्।

नेपाली संस्कृतिको सर्वतोमुखी विकास र प्राच्य पुरातन विषयको अनुसन्धान गर्ने उद्देश्य स्थापित भएको परिषद्को २००८ सालको कार्यसमितिको अध्यक्षमा कोइरालासहित,  बालकृष्ण सम–उपाध्यक्ष, केशरबहादुर खत्री क्षेत्री–कर्मव्यवस्थापक, यदुनाथ खनाल– सहायक कर्मव्यवस्थापक, केशरशमशेर जंगबहादुर राणा– कोषाध्यक्ष, ईश्वर बराल– परिषद्–पत्रिका–सम्पादक तथा क्रमशः हेमराज शर्मा, बाबुराम आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, धर्मादित्य धर्माचार्य, चित्तरञ्जन ‘हृदय’, सिद्धिचरण श्रेष्ठ, धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली– सदस्य रहेका थिए।

कार्यसमितिमा रहेका यी धरोहरहरुको योगदानको स्मरण गर्दै विशेष गरी वाङमयको माध्यमबाट लोकतान्त्रिक समाजवादी विचार एवं संस्कृतिको उन्नयन र विकासको लागि परिषद्लाई पुनर्जीवन दिइएको व्यहोरा परिषद्को प्रस्तावनामा उल्लेख छ। 

प्रकाशित: ९ आश्विन २०७३ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App