१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक युवाको गुनासो– ‘मलाई सरकारले अार्थिक सहयोग गरेन’

काठमाडौँ– नेपालको संविधान– २०७२ लाई सगरमाथाको चुचुरोमा पुर्याएका युवा आरोही अनिस लुईँटेलले आफूलाई सरकारले वेवास्ता गरेको बताएका छन्।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट नेपालको राष्ट्रिय झण्डा र नेपाल सरकारको छाप लगाएको संविधान दिएर आरोहणको सम्पूर्ण खर्च व्यहोर्ने बताए पनि नदिएको भन्दै गुनासो व्यक्त गरेका छन्।

साेमबार रिपाेर्टर्स क्लबमा एक पत्रकार सम्मेलन गरेर उनले यस्ताे गुनासाे गरेका हुन्। सरकारले विश्वको उत्कृष्ट संविधान भनेर संविधान दिवस मनाईरहँदा आफू भने  घर जग्गा बैँकमा राखी ऋण लिएर त्यही संविधान सगरमाथाको चुचुरोमा पुर्याउँदा विचल्लिमा परेको गुनासो गरे।

उनले आफ्नो आरोहण खर्च जुटाउनका लागि नेपाल स्काउट र नेविसङ्घका केही नेताको आग्रहलाई मानेर नेविसङ्घको झण्डालाई सगरमाथामा पुर्याएको उल्लेख गरे। उनले गत जेठ ८ गते बुद्धजयन्तीका दिन नेपालको संविधानलाई सगरमाथाको चुचुरोमा पुर्याएका थिए।

प्रकाशित: ३ आश्विन २०७३ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App