४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मलेसियामा नेपालीको मृत्यु

सल्यान—रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ।

मृतकको शव मलेसियाकै अस्पतालमा रहेछ। उनको शव नेपाल ल्याउनका लागि सहयोग गरिदन श्रीमती सन्तुले आग्रह गरिन्।

एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लुएसएम कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो।

वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले बताइन्। मृतकको शव मलेसियाकै अस्पतालमा रहेछ। उनको शव नेपाल ल्याउनका लागि सहयोग गरिदन श्रीमती सन्तुले आग्रह गरिन्। मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । रासस

प्रकाशित: २८ भाद्र २०७३ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App