१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितुवाले बालिका लग्यो

बिरा गडाल
बैतडी–कोजिल्ला दक्षिणी तल्लो स्वराडमा शनिबार साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ ।
बैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।

आँगनमा  खेलिरहेकी बालिकालाई आक्रमण गरी चितुवाले लगेको हो। प्रहरी र स्थानीयले खोजतलास गर्दासमेत अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ । यसअघि भदौ पहिलो साता पनि उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी सातवर्षीया छोरी चञ्चलाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

नरभक्षी चितुवाले आक्रमण गर्न थालेपछि स्थानयी त्रसित बनेका छन । बालबालिका बिद्यालय जान डराउन थालेका छन भने महिला मेलापात जान डराइरहेको उदयदेव स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र महताले जानकारी दिए । तल्लो स्वराड क्षेत्रका सात गाविसमा पाँच वर्षयता चितुवाको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App