१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गुल्मीको मुसिकोटमा एक महिलाको शव फेला

गुल्मीको मुसिकोट नगरपालिकामा एक महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका वडा नम्बर–७ मा गंगा कुमारी शेरचनको शव उनकै घरमा भेटिएको हो।

वामीमा होटल व्यवसाय संचालन गर्दै आएकी ५७ वर्षीय शेरचनको शव हात र खुट्टामा पट्टी बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधवराज खरेलले जानकारी दिए। 

शेरचनले बिहान अबेरसम्म पसल नखोलेपछि छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको घरलाई अहिले प्रहरीले शिलबन्दी गरेको छ। तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने प्रहरीको भनाई छ।

घरमा एक्लै बस्दै आएकी शेरचनको घटना शङ्कास्पद भएकाले तालिम प्राप्त कुकुर ल्याएर बिशेष अनुसन्धान गर्न आफन्तले माग राखेका छन्। सोही बमोजिम तालिम प्राप्त कुकुर मगाइएको र कुकुर आएपछि अनुसन्धान अगाडी बढाइने डिएसपी खरेलले बताए।

प्रकाशित: १५ माघ २०७९ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App