७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

लोकन्थलीबाट बसभित्र तास खेलिरहेका ४ जना पक्राउ

भक्तपुरको लोकन्थलीमा बसभित्र तास खेलिरहेका चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। 

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पाकिङ्ग गरिराखेको सैलुगेश्वरी काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको हो।

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीले उनीहरुको साथबाट ७१ हजार नगद र एक बुक तास पनि पक्राउ गरेको बताए। प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीकृष्ण थापाको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए।

प्रकाशित: ८ माघ २०७९ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App