१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा साथीबाटै भयो हत्या, छिमेकी महिला घाइते

धरानको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर ५ मा एक युवाको आफ्नै साथीबाट हत्या भएको छ भने एक महिला घाइते भएकी छिन्।

बिहिबार बिहान करिब ८ बजे ४९ बर्षीय कुमार बुढाथोकीलाई उनकै साथी ३५ बर्षीय विकास भन्ने हर्कबहादुर राईले हत्या गरेका हुन्। ईलाका प्रहरी कार्यालय धरानका अनुसार साथी घरमै भेट्न आएको बेला सानो खुकुरी (कर्दा)ले कोखा र ढाडमा प्रहर गरि कुमारले विकासको हत्या गरेका थिए। कुमारको हत्या पछि विकासले छिमेकी महिला मञ्जु भन्ने गोमा खड्का राइलाई पनि खेदाएर खुकुरीले आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते खड्को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

डिएसपी बुद्ध श्रेष्ठका अनुसार मृतक बुढाथोकी र हत्या आरोपित कुमारको घर सय मिटर दुरीमा छ। दुवै जना लागुऔषध सेवनकर्ता भएको खुलेको र सोही कारणले हत्या घटना भएको हुनसक्ने डिएसपी श्रेष्ठले बताए। उनले भने,‘दुवै लागुऔषध सेवनकर्ता भन्ने खुलेको छ। त्यही कारणले यो घटना भएको हुनसक्छ। अनुसन्धान गदैछौं।’

आक्रमणकारी विकासलाई स्थानीय युवाहरुले नियन्त्रणमा लिने क्रममा आक्रमण गरेका थिए। बाँसको भाटा र चिर्पटले प्रहार गरेर नियन्त्रणमा लिनुपरेकोले उनी पनि घाइते भएका थिए। घाइते विकासको वीपी प्रतिष्ठानमा उपचार पश्चात प्रहरीले हिरासतमा राखेको छ।

वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुका अनुसार विकास र उनको बुबा मात्र घरमा बस्छन्। बिहानै छोरा ओछ्यानमा नभेटेपछि बुबा खोज्दै मृतक बुढाथोकीको घरमा पनि पुगेका थिए। त्यहाँ पनि छोरा (विकास) नभेटेपछि फर्कर्दै गर्दा बारीको डिलमा बसेको भेटेका थिए। छोरालाई घरमा ल्याएर चिया पकाउन लगाएको र पिउदै गर्दा विकासको साथी कुमार पनि आइपुगेका थिए।  

मृतक कुमारले आफ्नो साथी विकासलाई धामीलाई भेट्न लैजाने भन्दै अक्षता र धुप तयार गर्न लगाएका थिए। घरमा अक्षता मात्र भेटिएको र धुप लिन बाहिर गएको बेला विकासले आफ्नै साथी कुमारलाई कर्दाले प्रहार गरि हत्या गरेको वडाअध्यक्ष लिम्बुले जानकारी दिए। ‘धुप लिएर घर आइपुग्दा किचनमा छोराले कुमारलाई कर्दाले मारिसकेको विकासको बुबाले भेटेछन्,’वडाअध्यक्ष लिम्बुले भने,‘खुकुरी लिएर तल्लो घरको मञ्जु खड्का राईलाई पनि लखेटेछन्। साग बारीमा भेटेर आक्रमण गरेछ।’

प्रकाशित: ५ माघ २०७९ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App