४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अाजदेखि लाेडसेडिङ घट्याे (तालिका)

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् भार कटौती(लोडसेडिङ)को समयावधि घटाएको छ। आजदेखि लागु हुनेगरी प्राधिकरणले सातामा ४८ घण्टा लोडसेडिङ हुने नयाँ तालिका सार्वजनिक गरेको हो।

नयाँ तालिकका अनुसार अब दैनिक फरकफरक गरी ६ देखि ८ घण्टासम्म विद्युत् कटौती हुनेछ। यसअघि प्राधिकरणले सातामा ६३ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो।

प्राधिकरणले विद्युत् चुहावट बढी हुने क्षेत्रमा लोडसेडिङको समय थप हुने पनि जनाएको ३० देखि ३० प्रतिशतसम्म विद्युत् चुहावट(चोरी) हुने क्षेत्रमा दैनिक थप १ घण्टा र ७० प्रतिशतभन्दा बढी चुहावट हुने क्षेत्रमा थप ६ घण्टा बढी विद्युत् कटौती हुने प्राधिकरणले जनाएको हो।

 

प्रकाशित: २७ श्रावण २०७३ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App