१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्प र आगलागीबाट बच्न सन्धिखर्कमा कृत्रिम अभ्यास

भूकम्प दिवसको अवसरमा अर्घाखाँची जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा भूकम्प तथा आगलागी सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ। मंगलवार सन्धिखर्कको टुँडिखेल मैदानमा भूकम्प प्रकोप र आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए। 

मानव निर्मित अव्यवस्थित भौतिक पूर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षति हुने गरेको प्रजिअ घिमिरेले बताए। प्राकृतिक प्रकोपले आफै कसैको क्षति नगर्ने बताउँदै मानिसले बनाएका अव्यवस्थित र असुरक्षित संरचनाका कारण क्षति हुँदै आएको बताए। ‘भूकम्प आउँदा सबैले सावधानी अपनाउनुपर्छ, भूकम्प आइहाले टेबल तथा खाटमुनी बस्ने काम गर्नुहुँदैन, भौतिक संरचना भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ’ उनले भने।

कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि प्राकृतिक प्रकोपको बारेमा धेरै जानकारी प्राप्त भएको अवलोकन गर्न आएकी संगिता भुसालले बताइन्। ‘भूकम्प गइहाले कसरी बँच्ने?,उनले भनिन्,‘आगोलागी भएमा नआत्ति उद्दारमा लाग्नुपर्ने रहेछ, दमकललाई बोलाउनुपर्ने रहेछ।’ भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी तथा सुरक्षित भवन निमार्ण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि दिवसको अवसरमा सन्धिखर्कमा डेमो प्रदर्शन गरिएको सुरक्षा निकाले जनाएको छ। 

पहाडी तथा शहरी क्षेत्रमा भूकम्प तथा आगलागीको उत्तिकै जोखिम भएकाले स्थानीयहरुलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीले जनाएको छ। विसं. १९९० माघ २ गते महाभूकम्प गएको थियो। सोही भूकम्पको सम्झनामा हरेक वर्ष माघ २ गते भूकम्पका बारेमा सचेतना गराउन यो दिवस मनाउँदै आइएको छ।

प्रकाशित: ३ माघ २०७९ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App