१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन हुँदै

काठमाडौं– दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन नेपालमा हुने भएको छ। दक्षिण एसियामा सामुदायिक रेडियोले खेलेका भूमिका र सिकाई आदानप्रदान गर्ने उद्देश्यले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले पहिलो पटक नेपालमा दक्षिण एसिया स्तरको सम्मेलन गर्न लागेको हो।

यही साउन २५ र २६ गते काठमाडौंमा हुने सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंकालगायतका देशबाट करिब एकसय रेडियोकर्मी र विज्ञहरुको सहभागित रहनेछ। सम्मेलनको सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रम  छ ।

दुईदिनसम्म चल्ने सम्मेलनमा विकासमा सामुदायिक रेडियोको भूमिका र सहभागिताका विषयमा विषेश छलफल हुनेछ । त्यस्तै दक्षिण एसियामा सामुदायिक रेडियोको अवस्था भूमिका र जिम्मेवारीका विषयमा पनि छलफल हुनेछ। सामुदायिक रेडियोले समाजसँग जोडिएका सबै विषयमा मसिनो गरी छलफल गर्ने अकोराबका कार्यकारी निर्देशक रामचन्द्र लामिछानेले जानकारी दिए।

सम्मेलनमा बंगलादेशका सञ्चारमन्त्रीलगायत नेपालमा रहेको दक्षिण एसियाली देशहरुका राजदूतको पनि सहभागिता रहनेछ । सम्मेलनको अन्तिम दिन काठमाडौं घोषणापत्र जारी गरिनेछ । यो सम्मेलनले दक्षिण एसियाका सामुदायिक रेडियोलाई दिशानिर्देश गर्ने कार्यकारी निर्देशक लामिछानेले बताए।

 

प्रकाशित: २३ श्रावण २०७३ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App