१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध तस्करीमा संघई घराना

काठमाडौं- व्यावसायिक घराना संघई समूह औषधि उत्पादनका लागि आवश्यक कच्चा पर्दाथको अवैध तस्करीमा संलग्न रहेको प्रमाण फेला परेको छ। प्रहरीले प्रमाणसहित उक्त समूहका प्रमुख रतनलाल संघईलाई शनिबार काठमाडौबाट पक्रेको हो। समूहले सरकारी प्रक्रिया पूरा गरेर विभिन्न मुलुकबाट ल्याइने कच्चा पदार्थ भारत हुँदै चीन र बर्मा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले बुधबारदेखि लगातार काठमाडौं, पाटन, बारा, पर्सा र रौतहटमा छापा मारी करिब पाँच सय किलोग्रामभन्दा बढी लागुऔषधको कच्चा पर्दाथ इफिड्रिन र स्युडोफेड्रिनसहित चारजनालाई पक्राउ गरेको छ। कारोबारमा सलग्न भनिएका चारजना फरार छन्।

एनसिबीका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले यो कारोबारमा संलग्न रहेको आरोपमा संघई समूहका रतनलाल पक्राउ परेको जानकारी दिए। चन्दका अनुसार समूहका पवनकुमार संघई, उनका व्यावसायिक साझेदार शंकर हलान, मनिष अग्रवाल र रोहित हलान फरार छन्।

एनसिबीले पक्राउ चारजनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले रतनलाललाई लागुऔषधको तस्करीमा प्रत्यक्ष संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।

'औषधि उद्योगका लागि आयत गरेका सहायक रसायन र औषधिजन्य कच्चा पर्दाथ अन्तर्राष्ट्रिय लागुऔषध तस्करसम्म पुग्दै आएको तथ्य खुलेको छ, लामो समयदेखि नेपालका लागि भन्दै आएको रसायन भारत हुँदै चीन र बर्मासम्म पुगेको देखिन्छ,' डिआइजी चन्दले भने। उनका अनुसार वीरगञ्जबाट काकडभिट्टा हुँदै सिक्किम भएर चीन र बर्मासम्म रसायन तस्करी हुने गरेको खुल्न आएको छ।

एनसिबीले औषधि व्यवस्था विभागको तथ्यांकमा आवश्यकताभन्दा दसौं गुणा बढी सहायक रसायन र औषधिजन्य कच्चा पर्दाथ नेपाल भित्रिएको पाएपछि 'अप्रेसन स्युडो' नाम दिएर अनुसन्धान थालेको हो। विभागको तथ्यांक अनुसार सन २०१० यता इफिड्रिन र स्युडोफेड्रिन आवश्यकता र मागभन्दा दसौं गुणा बढी नेपाल भित्रिएको छ। एनसिबीले तीन महिना लामो अनुसन्धानपछि संघई गु्रपअन्तर्गतको प्लाष्टिक उद्योगको गोदामबाट सयौ किलोग्राम कच्चा पर्दाथ फेला पारेको थियो। गोदाममा लुकाएर राखेको अवस्थामा प्रहरीले छापा मारी चार सय ७१ किलोग्राम लागुऔषध बरामद गरेको छ। बरामद लागुऔषध रतनलालले प्रबन्धक हर्षित मिश्रमार्फत व्यवस्थापनका लागि उद्योगमा राख्न लगाएको खुलेको छ। फरार पवन र पक्राउ रतनलाल सहोदर दाजुभाइ हुन। आर्या फर्माल्याब र संघई प्लाष्टिक उद्योगमा दुबैको लगानी रहेको ब्युरोले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका  ९ सय ५२ डब्बामा लुकाइराखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको हो। यो कारोबारमा संलग्न भन्दै काठमाडौं कमलपोखरीस्थित आर्य फार्मा ल्याब प्रालिमा काम गर्ने भारतीय दिलीप पण्डित पक्राउ परे।

ब्युरोले बुधबार संघई ग्रुपको पाटनस्थित उद्योगको गोदाममा छापा मारेर पण्डितलाई पक्राउ गरेको थियो। पछि उनकै सूचना आधारमा विभिन्न स्थानमा छापा मारेर थप परिमाणमा कच्चा पर्दाथ र अन्य तीन अभियुक्तलाई नियन्त्रणमा लिइएको हो। ब्युरो टोलीले पण्डितको सूचनाका आधारमा बाराको जितपुरस्थित औषधि उत्पादक आर्या फर्मा ल्याबबाट मोहित हलानलाई थप २० किलोग्रामभन्दा बढी कच्चा पर्दाथसहित पक्राउ गरेको हो।  मोहित आर्या फर्माल्याबका प्रबन्ध व्यवस्थापक हुन्।

संघई समूहले झापाका श्याम तामाङ र काठमाडौंका बद्री वनको सहयोगमा इफिड्रिन र स्युडोफेड्रिन भारत तस्करी गर्दै आएको थियो। एसएसपी गणेश केसीका अनुसार तामाङ र वनले दर्जनौ पटक इफिड्रिन र स्युडोफेड्रिन काँकडभिट्टासम्म पुर्‍याएको प्रमाण ब्युरोले फेला पारेको छ। सामान्य आर्थिक अवस्था भएका तामाङ र वन अहिले करोडौंका मालिक भएको ब्युरोको अनुसन्धानले देखाएको छ। 'यति ठूलो परिमाणमा नेपा भित्रने इफिड्रिन र स्युडोफेड्रिन बर्मा भएर थाइल्यान्ड जाने र त्यहाँ यो लागुऔषध बनाउने काममा प्रयोग हुने रहेछ। थप केही औषधि उत्पादक समेत अनुसन्धान घेरामा छन,' एसएसपी केसीले भने।

प्रहरीले संघई समूहको स्वामित्वमा रहेको प्लाष्टिक उद्योग र आर्या फर्माल्याबको आवरणमा इफिड्रिन र स्युडोफेड्रिन अवैध तस्करी, भण्डारण र बिक्री वितरण गरेको आरोपमा कारबाही थालेको हो। प्रहरीका अनुसार बरामद इफिड्रिन र स्युडोफेड्रिनको अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी छ।

के हो इफिड्रिन र स्युडोफेड्रिन?

ब्युरोका डिएसपी अपिलराज बोहराका अनुसार करिब ३० लाख इफिड्रिन र स्युडोफेड्रिनका ट्याब्लेट र धुलो प्रहरीले बरामद गरेको छ। उनका अनुसार एउटा ट्याब्लेटमा ६० मिलिग्राम स्युडोफेड्रिन हुन्छ। यसरी ३० लाख ट्याब्लेटबाट जम्मा हुने एक सय ७८ किलोग्रामबाट करिब ७८ किलोग्राम अब्बल दर्जाको एमफेटामेन र मेथाफेटामेन जम्मा गर्न सकिन्छ। जसको बजार मूल्य एक किलोग्राम बराबर दुई लाख ६० हजार अष्टे्रलियन डलर छ। यसरी प्रशोधन गरिएको स्युडोफेड्रिनमा ४० प्रतिशतसम्म एमफेटामेन र मेथाफेटामेन निस्कन्छ।

'अष्ट्रेलियामा बरामद एमफेटामेनमा नेपालीको संलग्नता विषयमा अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण इकाइ (आइसिडियू) को चासोपछि नेपालमा खोजी तीव्र पारिएको हो,' बोहराले भने, 'रुघाखोकीको औषधि बनाउन प्रयोग हुने कच्चा पर्दाथ अन्तर्राष्ट्रिय लागुऔषध माफियाले प्रशोधन गरी उच्च कोटीको लागुऔषध बनाउदै आएका छन।'

विभागका अनुसार सन् २०१० मा एक हजार सात सय २५ किलोग्राम स्युडोफेड्रिन भित्रिएकोमा २०१६ को जुनसम्म यसको परिमाण तीनहजार एकसय ५१ किलोग्राम पुगेको छ। २०१२ मा सबैभन्दा बढी ६ हजार एकसय २५ किलोग्राम स्युडोफेड्रिन  आयात भएको थियो। विभागका औषधीविज्ञ गोरख डिसीले नेपालमा स्युडोफेड्रिन अन्तर्राष्ट्रिय स्तरमा तस्करीकै लागि भित्रने आशंका धेरै अघि भए पनि छानबिन र कारबाही हुन नसकेको स्विकारे। 'विभागबाट अनुमति लिएर स्युडोफेड्रिन आयात गर्न पाइने सुविधाको दुरुपयोग हुँदै आएको छ, विभागको अनुगमन पर्याप्त नभएको हो,' डिसीले भने।

मुख्य आरोपी उम्काएको आरोप

ब्युरोले बुधबारदेखि थालेको कारबाहीमा मुख्य आरोपी  पवनकुमार संघईलाई उम्काउन ठूलै आर्थिक चलखेल भएको आरोप लागेको छ। विश्वस्त स्रोतका अनुसार घटना बाहिर आउन नदिन डिआइजी चन्दलाई माओवादी केन्द्रका उच्च नेतासहित प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यरत एक  उपसचिव र प्रहरीका ठेकेदार पिताम्बर मुन्काले छलफल गरेका थिए। 

ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा डिआइजी चन्दले भने ठेकेदार मुन्कालाई रतनलालको चालक भएका ले उनलाई कारबाही नहुने स्पष्ट पारे। चन्दले मुन्कालाई चालक बताए पनि मुन्का संघई समूहका पूर्वकर्मचारी र प्रहरी, सेना र सशस्त्र प्रहरीलाई आवश्यक वस्तु आपूर्ति गर्ने ठेकेदार हुन्।

चन्दले पत्रकार सम्मेलनपछि नागरिकको जिज्ञासामा पक्राउ रतनलाल ठूला व्यावसायिक घरानाका भएका कारण छुटाउन चौर्तफी दबाब र सिफारिस आएको बताए। उनले आफूलाई बदनाम गराउन पनि नचाहिँदा हल्ला चलाइएको दाबी गरे। उनले भने 'ब्युरोको नियत गलत भए त औषधि रहेछ भनेर छाडने थियो, हामीले यत्रो अनुसन्धान गर्नु आवश्यक थिएन।' 

चिनियाँ नेपालमै पक्राउ

यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले २०७० कात्तिक ६ गते तीन चिनियाँलाई यस्तै प्रकारको लागुऔषधसहित पक्राउ गरेको थियो। ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय ण्विमानस्थल नजिकबाट १५ किलोग्राम लागुऔषधसहित पक्राउ परेका तीनैजना चिनियाँलाई थप कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरोमा बुझाएको थियो। 

हङकङ लैजाने तयारी राखिएको उक्त लागुऔषधसहित पक्राउ चिनियाँलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडने निर्णय गरेको थियो। अदालतको निर्णयपछि तीनैजना हङकङ उडेका थिए। अदालतका तत्कालिन अतिरिक्त न्यायाधीश मोहम्द जुनैद आजादले गरेको निर्णयले चिनियाँ नागरिक याङ चेङक्वान, याङ मोचाङ र झेङ जु मिन चिन यहाँबाट उडेका थिए। चीनको फुजीआनका तीनैजना लामो समयदेखि हङकङमा बसेर लागुऔषध कारोबारमा सक्रिय रहेको अनुसन्धानमा खुलेको थियो।

प्रकाशित: १७ श्रावण २०७३ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App