१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डेढ महिनादेखि पाल्पाकाे रामपुर यातायात सेवाबिहीन

रामपुर (पाल्पा)– पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन्।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन्।

रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ ।

निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरे पनि समयमा नै सो पुल नबन्दा सवारीसाधन वर्षा लागेपछि ठप्प हुने गर्दछ।

साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेबल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम भएको छ। सडक डिभिजन कार्यालयको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेबल पुल गत मङ्सिरमै सम्पन्न गरिसक्नुपर्ने थियो।

निर्माण कम्पनीका ठेकेदार तेजप्रसाद बरालले नाकाबन्दीले समयमा नै सामान उपलब्ध नहुँदा काम लम्बिएको बताए। उनका अनुसार कालीगण्डकीको पानी खोलामा पसेकाले दसैं अगाडिसम्म काम रोकिने छ। आगामी पुुस माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बरालले बताए।

पुलकै कारण बर्खायाम सुरु भएदेखि दसैं अगाडिसम्म यातायातका साधन अवरुद्ध हुँदा निकै कष्ठकर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद श्रेष्ठले बताए।

सवारीसाधन नचल्दा पूर्वी पाल्पाका रामपुर नगरपालिका, बाकामलाङ, सहलकोट, नवलपरासीको रकुवा, रुचाङ, डेढगाउँ, स्याङ्जाको चापाकोट, साँखर, सेखाम र तनहुँको गजरकोट, घिरिङ सुन्धाराका स्थानीयलाई यात्रा गर्न समस्या परेको छ। रासस

प्रकाशित: १५ श्रावण २०७३ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App