१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राप्तीको सतह बढ्यो, आधा दर्जन गाविस उच्च जोखिममा

राप्ती नदीमा आएको बाढीले डुबेको होलिया गाविस । फाइल तस्बिर

नेपालगन्ज–अबिरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह अत्यधिक रुपले बढ्दा बाँकेका आधा दर्जन गाविस डुबानको उच्च जोखिममा रहेका छन्। भारतले अन्र्तराष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले प्राकृतिक निकास थुन्दा राप्ती नदी आसपासका होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, कम्दी, वेतहनी, बनकट्टीलगायत गाविस डुबानकाे जाेखिममा परेका छन्।

भारतले अन्र्तराष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले प्राकृतिक निकास थुन्दा राप्ती नदी आसपासका होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, कम्दी, वेतहनी, बनकट्टीलगायत गाविस डुबानकाे जाेखिममा परेका छन्।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा मध्यान्ह १२ बजेको रेर्कड अनुसार राप्ती नदीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगेको छ। वर्षा नरोकिएकाले पानीको सतह बढ्ने क्रम जारी रहेको बाढी मापक भद्रबहादुर थापाले जानकारी दिए।

गएरातिदेखि अबिरल रुपमा परिरहेको वर्षाले नदीको सतह ह्वात्तै बढेपछि मानवीय क्षति रोक्न प्रभावित गाविसका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तर गर्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए।

बिहानै नदीको सतह बढ्न लागेको संकेत पाइसकेपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले अनुरोध गरिसकेको उनको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा खतराको संकेत साइरन पटक–पटक बजाइएको छ। ‘कुसुममा राप्ती नदीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगिसकेको जानकारी आएको छ, त्यसैले उद्धार कार्यका लागि सुरक्षा निकायलाई हाइ अलर्टमा राखेका छौं,’ उनले भने।

राप्ती नदीकोबीच भाग होलिया गाविसको चौफेरी गाउँका करिव ३ सय परिवार जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए। ‘कुसुमको बाढी प्रभावित क्षेत्रमा आइ नपुग्दै चौफेरीका मान्छेलाई डुंगाबाट वारी ल्याउन सुरक्षाकर्मी परिचालन भएका छन,’ उनले भने। पानीको सतह ४ मिटर ७० सेन्टिमिटर पुग्ने बित्तिकै यसवर्षदेखि नदी आसपासका बासिन्दालाई अलर्ट राख्ने गरिएको छ।  कुसुमबाट प्रभावित क्षेत्र सम्म बाढी आइपुग्न करिव ५ घण्टा समय लाग्ने भएकाले पूर्व सूचनाको मद्दतले मानवीय क्षति रोक्न सहज भएको प्रजिअ पन्थ बताउँछन्।

 

प्रकाशित: ११ श्रावण २०७३ ०६:४९ मंगलबार

राप्तीको सतह बढ्यो आधा दर्जन गाविस जोखिममा