१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा घाइते चालकको मृत्यु

खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको दिक्तेल–हुर्लुङ सडकखण्डस्थित दिखुवा खोलामा विहान को १ ज ३०२७ नम्बरको सुमो दुर्घटना हुँदा गम्भीर घाइते ४१ वर्षीय रामकुमार खनालको सोही दिन साँझ मृत्यु भएको हो।

सुनसरी इटहरी उपमहानगरपालिका १७ पकलीका स्थायी बासिन्दा खनालको उपचार गर्न लाने क्रममा धनकुटाको लेघुवाघाट पुग्दा प्राण उडेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका घाइते खनाललाई उद्धार गरी सदरमुकाम दिक्तेलमा उपचारार्थ भर्ना गरिएकोमा संभव नभएपछि रिफर गरिएको थियो।

देब्रे खुट्टा र देब्रे हात भाँचिएर गम्भीर घाइते भएका खनाललाई थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाँदालाँदै बाटैमा मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ।

हुर्लुङबाट दिक्तेल आउने क्रममा उनले चलाएको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। कच्ची र घुम्ती सडकमा दुर्घटनामा परेको जीप सडकबाट करिब ५० मिटर तल खसेको र खनाल बेहोस अवस्थामा गाडीभित्रै फेला परेका थिए। जीपमा एक्लै रहेका खनाल कतिखेर दुर्घटनामा परे भन्ने खुल्न नसकेको बताइएको छ। स्थानीयले फेला पार्दा उनी हात खु्ट्टा भाँचिएको, शरीरका बिभिन्न भागको चोटबाट रक्तश्राब हुन छाडेको अवस्थमा भेटिएका थिए।

उनको रक्तश्राव बढी भएर ज्यान गएको अनुमान गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा पठाइएको आफन्तजनलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७९ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App