१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चट्याङले दुईको मृत्यु

हेटौँडा—हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार वल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

चट्याङमा परी स्थानीय बासिन्दा पाँच जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ५ असार २०७३ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App