४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हँसिया प्रहारबाट मृत्यु

कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबागमा गए राति भएको झैंझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जनाए।

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुंगानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए। उनको खोजीमा प्रहरी टोली परिचालन गरिएको छ। घटना के कति कारणले किन भयो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ। रासस

प्रकाशित: २१ मंसिर २०७९ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App