१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुकुम्बासीबस्तीका हतियारसहितका प्रर्दशनकारीलाई नियन्त्रणमा लिइने

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती तनावग्रस्त, हतियारसहितका प्रर्दशनकारीलाई नियन्त्रणमा लिने महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रर्दशनमा उत्रिएकाहरुलाई नियन्त्रणमा नलिई आफूहरु नफर्किने चेतावनी दिएका छन्।

सो बस्तीमा अनाधिकृत रुपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रुपमा हातहतियार समेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई कारबाही नगरी आफूहरु सो क्षेत्रबाट नफर्किने बताएका हुन्। सोमबार अपरान्हदेखि सो बस्तीमास्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुडा समेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिव १० जना सुरक्षाकर्मी घाइते भएका छन्। 

अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरुलाई नियन्त्रणमा लिने र कानुन बमोजिम कारबाही हुने स्पष्ट पारे। यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका छन्।

अहिले सो भीडलाई नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ। अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृतरुपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो। तर सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ।

प्रकाशित: १२ मंसिर २०७९ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App