१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पुर्विरुकुममा शल्यक्रिया सेवा सुरु

तस्बिर: अस्पतालको फेसबुक पेजबाट साभार।

दुर्गम जिल्ला पुर्विरुकुममा पहिलो पटक सुत्केरीको शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुम पूर्वमा शल्यक्रिया सेवा सुरु भएको हो। 

शनिबार अस्पतालमा पहिलो पटक एक जटिल अवस्थाकी सुत्केरीको अप्रेशन गरिएको थियो। डा. नारायण बरालको टिमले भूमे गाउँपालिका –८, की सन्तु बुढाको अस्पतालमा सफलता पूर्वक पहिलो अप्रेशन गरेका हुन्।  

सुस्केरी हुने समय नाघेका कारण नर्मल डेलिभरी हुन नसकेकोले अप्रेशन गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सपना बिकले बताईन्। उनका अनुसार अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अस्पतालका डा. सपना बि.कले पहिला फिजिकल सेटअप नभएका कारण सेवा प्रवाह ढिला भएको बताईन्। ‘भवन गाउँपालिकाले बनाईदियो। मेन पावर निक साईमन्स इन्सिच्युटले दिएपछि हामिले सेवा सुरु गर्न सफल भएका हौ।’ उनका अनुसार यो भेगका सुत्केरीहरु अब सेवा लिन बाहिर जानु पर्नेछैन। यहाँ अहिले अन्य शल्यक्रियाका लागी पनि तयारी भईरहेको अस्पतालले जनाएको छ। निक साईमन्स इन्सिच्युटले जनशक्ति उपलब्ध गराएपछि जिल्ला अस्पतालमा अप्रेशन सेवा सुरु भएको हो। हाल इन्सिच्युटले तीन जना डाक्टर र एक जना नर्स अस्पतालमा उपलब्ध गराएको छ।

जिल्लामा गतिलो स्वास्थ्य सेवा दिन नसकेपछि यहाँको अस्पतालले सामान्य बिरामीलाई समेत बाहिर जिल्ला रिफर गर्ने गरेको थियो। राज्य पुर्नसंरचनाका समयमा रुकुमपूर्व अलग जिल्ला घोषणा भएपछि रुकुमकोटमा रहेको स्वास्थ्य चौकीलाई २०७४ साल पुस ७ गते जिल्ला अस्पताल घोषणा गरिएको थियो भने औपचारिक उद्घघाटन २०७६ साल मंसिर ५ गते गरिएको थियो। आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले गतिलो सेवा प्रवाह गर्न नसकेपछि सांसद विकास कोष र स्थानिय तहको आर्थिक सहयोगमा २०७८ असारमा शल्यक्रिया भवन निर्माण गरिएको थियो।

प्रकाशित: १२ मंसिर २०७९ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App