१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने डा. केसीको चेतावनी

डा. गोविन्द केसीले निर्वाचन आयोगले जारी गरेको  ‘नो नट अगेन’ अभियानविरुद्ध निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले आयोगलाई आत्मालोचना सहित उक्त निर्देशन तत्काल फिर्ता लिन आग्रह गरेका छन्। अन्यथा, आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त निर्देशनको अहिंसात्मक रुपमा अवज्ञा गर्ने चेतावनी दिएका हुन्।

नराम्रो पात्रहरूलाई निर्वाचनको माध्यमबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नेपाली नागरिकको नैसर्गिक अधिकार रहेको उनले विज्ञप्ति मार्फत बताएका छन्।

डा. गोविन्द केसीको विज्ञप्ति:

‘नराम्रो पात्रहरूलाई आगामि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माध्यमबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नेपाली नागरिकको नैसर्गिक अधिकार हो। उक्त नैसर्गिक अधिकारको अभ्यास गरी नागरिक तहबाट स्वस्फूर्त रुपमा सामाजिक सञ्जालमा नो नट अगेन अभियान चलाएको देखिन्छ।

सो अभियानलाई पूर्णतः निषेध गर्ने र कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कार्तिक ८ गते जारी गरेको विज्ञप्ती प्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं। तसर्थ, आत्मालोचना सहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह गर्दछौं। अन्यथा, आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तीको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौं।’

प्रकाशित: ११ कार्तिक २०७९ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App