२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बैतडीमा सत्ता गठबन्धन बलियो

सत्ता गठबन्धनले बैतडीमा चुनाव जित्ने दाबी गरेको छ। लोकतान्त्रिक–बाम गठबन्धनले गरेका निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लोकतान्त्रिक–बाम गठबन्धन जित्ने दाबी गरेकाे हाे। प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले गठबन्धन अहिलेको आवश्यकता भएको  जानकारी दिए।

लोकतान्त्रिक व्यवस्थामाथि नै एमाले अध्यक्ष केपी ओलीले प्रहार गरेकाले व्यवस्था र लोकतन्त्र जोगाउन गठबन्धन भएकाले गठबन्धनका पक्षमा मतदान गर्न उनले आग्रह गरे। लामो त्याग र तपस्याबाट प्राप्त उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन भएको प्रष्ट पार्दै उनले जनता परिवर्तनको पक्षमा रहेको दाबी गरेका छन्।  

देशमा संकट उत्पन्न भएको समयमा राजनीतिक दलहरुबीच गठबन्धन हुने र अहिले व्यवस्था र संविधान जोगाउन गठबन्धन गरिएको गठबन्धनका तर्फबाट बैतडी क्षेत्र नं.(क)का उम्मेदवार बीरबहादुर बिष्टले बताए। यस्तै बैतडी क्षेत्र नं. (ख) का उम्मेदवार शिवराज भट्टले आफू जनताको सेवा गर्न चुनावी मैदानमा होमिएको बताए।

पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवारहरुले अहिले देशको संविधानको रक्षा र प्रणालीको रक्षाका लागि गठबन्धनका पक्षमा मतदान गर्नुपर्नेमा जोड दिएका छन्। देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र संघीय लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन आफूहरुको उम्मेदवारी रहेको गठबन्धनका उम्मेदवारहरुले बताएका छन्।

प्रकाशित: २९ आश्विन २०७९ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App