१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बिहीबार साँझ बैठक सुरु भएको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने जनाइएको छ। बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रत्यक्षतर्फका उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गइरहेको अवस्थामा गठबन्धन दलहरूसहित सबै दलले उम्मेदवार छनोटबारे छलफल तीव्र पारेका छन्। प्रत्यक्षतर्फ यही असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता (मनोनयन) गर्न निर्वाचन आयोगले समय दिएको छ।

प्रकाशित: १३ आश्विन २०७९ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App