४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चलचित्र क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

शनिबार काठमाडौँमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम अघि बढाउनुपर्ने बताए।

मन्त्री कार्कीले चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका कलाकारहरुको सुझावका आधारमा नै चलचित्र उद्योगको समस्या समाधान गर्न सकिने बताए। उनले चलचित्र क्षेत्रलाई थप समृद्ध बनाउन सरकार सदैव तत्पर रहेको बताए।

मन्त्री कार्कीले भने, ‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन्। चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ? त्यो भूमिका निर्वाह गर्न सकभर म व्यक्तिगत रुपले पनि तयार छु।’

प्रकाशित: १८ भाद्र २०७९ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App