२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज पनि जबरासँग बयान लिइँदै महाअभियोग सिफारिस समिति

फाइल तस्बिर

प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ। 

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजे बस्न लागेको हो।

सिफारिस समितिले हिजोदेखि जबरासँग बयान लिन थालेको थियो। हिजो जबरासँगको बयान नसकिएपछि उनलाई  फेरि आज बोलाइएको हो।  हिजो जबराले ४ वटा प्रश्नको मात्र जवाफ दिएका थिए।  

समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो। ११ सदस्यीय महाभियोग सिफारिस समितिमा जबराले आफूमाथि लागेको महाभियोगबारे सफाइ दिइरहेका छन्।

प्रकाशित: १६ भाद्र २०७९ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App