२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारबाट स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम भइरहेको छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन्। स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हव बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो।

बुधबार काठमाडौँमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजारको अभाव भने नेपालमा नभएको दाबी गरे।

उनले भने, ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ। यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ। कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ। यस क्षेत्रमा संलग्ने हुने जनशक्ति घटाउनुपर्दछ। जसले यसको उत्पादन लागत घटाउँछ। अन्नवालीको पनि नश्ल सुधार गराैं। उत्पादन र उत्पादकत्व बढाऔं। र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं।’

अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए। 

प्रकाशित: २५ श्रावण २०७९ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App