२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघ र प्रदेशको चुनावमा माओवादीलाई एक नम्बर पार्टी बनाउनुस्ः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघ र प्रदेशको निर्वाचन मंसिरको पहिलो हप्तामा हुने बताएका छन्। सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा संघ र प्रदेशको निर्वाचन आगामी मंसिरमा हुने भएकोले पार्टीलाई सहयोग गर्न आग्रह गरेका हुन्।

देशलाई समावेशी दिशामा लैजान, मधेसमा नागरिकता समस्या समाधान गर्न आफ्नो पार्टीले अग्रणी भूमिका निर्वाह गरेको र कठिन परिस्थितिमा पनि स्थानीय तहको चुनावमा सर्लाहीबासीले माओवादीलाई ठूलो सहयोग गरेको बताउँदै प्रचण्डले संघ र प्रदेशको चुनावमा पनि माओवादीलाई एक नम्बरको पार्टी बनाउन सर्लाहीबासीसँग आग्रह गरेका हुन्।

सर्लाहीको बागमतीमा आयोजित शिक्षकहरुको जिल्ला भेलालाई सम्बोधन गर्दै प्रचण्डले नागरिकता समस्या समाधान भएको बताउँदै अब हरेक नेपालीले आफूलाई नेपाली भन्नमा गर्व गर्ने र समावेशी नेपालको निर्माणमा एक कदम अगाडि बढेको बताएका छन्।

नेपालले भारत र चिनसँग समानस्तरको सम्बन्धको चाहना राखेको बताउँदै प्रचण्डले केही दिन पहिले भएको भारत भ्रमणको क्रममा वरिष्ठ नेताहरुसित खुलेर कुरा राखेको बताउँदै त्यसभन्दा केही पहिले काठमाडौँ आएका चिनियाँ नेतासँग पनि नेपालको बारेमा खुलेर कुरा राखेको बताएका छन्।

नेपाल, भारत र चिनको बिचमा रहेकोले दुवैतिरबाट फाइदा लिनुपर्ने मनसाय प्रचण्डको रहेको छ। शिक्षकहरुको समस्या समाधान गर्न माओवादीले सम्भव भएसम्मको प्रयास गर्ने नेता प्रचण्डको दाबी रहेको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्रका साथै शिक्षक संगठनका विभिन्न केन्द्रीय तथा प्रदेश र जिल्लास्तरका नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ७ श्रावण २०७९ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App